रिलायबल धनपति जीवन बीमा योजना (एउटा यस्तो योजना जस्ले करोडपति बन्ने सपना सजिलै साकार बनाउछ)

यो योजना एउटा सावधिक जीवन बीमा योजना अन्तर्गत पर्ने उच्च प्रतिफल, सुरक्षा, र बचत एकैसाथ प्रदान गर्ने योजना हो । यो बीमा योजनामा बीमितले न्युनतम रु. ५०,००,०००/- (रु. पचास लाख) देखी माथी जतिसुकै परिपक्वता मुल्य छनौट गरि बीमा गर्न सक्नु हुनेछ र सोही आधारमा बीमाशुल्क गणना गरिनेछ । यसबाट बीमा अवधी समाप्तीमा आफुले चाहेको रकम जस्तै पचास लाख, एक करोड, दुई करोड वा सो भन्दा बढी रकम बराबर परिपक्वता मुल्य कायम गरी बीमा गर्न सकिनेछ र सो रकम भुक्तानी पाउन सकिनेछ । सानो सानो बचत गरी करोडपति बन्ने ईच्छा राख्ने हरेक नेपालीलाई लक्षित गरि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले यो योजना ल्याएको हो ।

लाभहरु :

मृत्युलाभ : कथंकदाचित बीमा अवधी भित्र बीमितको मृत्यु भएमा बीमितले इच्छाएको ब्यक्तिले परिपक्वता मुल्य बराबर रकम भुक्तानी पाउनेछ ।

परिपक्वता लाभ : बीमा अवधी समाप्तीमा बीमित जीवित रहेको खण्डमा आफुले छनौट गरेको परिपक्वता मुल्य बराबर रकम भुक्तानी पाउनु हुनेछ ।

यो योजनाका सामान्य शर्तहरु :

न्युनतम परिपक्वता मुल्य                : रु ५०,००,०००/- (रु. पचास लाख)

न्युनतम प्रवेश उमेर                       : १६ बर्ष (अन्तिम जन्म दिवस)

अधिकतम प्रवेश उमेर                  : ५५ बर्ष (अन्तिम जन्म दिवस)

अधिकतम बीमा परिपक्वता उमेर   : ६५ बर्ष (अन्तिम जन्म दिवस)

बीमा अवधी                                  : १० देखी ४० बर्ष

बीमाशुल्क भुक्तानी अवधी बीमा अवधी सम्म बीमाशुल्क भुक्तानी गर्ने तरिका बार्षिक/अर्धबार्षिक/त्रैमासिक/मासिक

मासिक रुपमा बीमाशुल्क भुक्तान गर्दा तलबी कर्मचारीले रोजगारदाताबाट मासिक रुपमा तलब प्राप्त गरेको प्रमाण पेश गरेको खण्डमा अतिरिक्त शुल्क (overload) नलाग्ने ।

न्युनतम प्रवेश उमेर र अधिकतम बीमा अवधीको आधारमा बीमाशुल्क गणना गरिएको ।

ऐच्छिक लाभ : 

दुर्घटना मृत्यु भएमा दिइने सुविधा (Accidental Death Benefit, ADB) : 

दुर्घटनाको प्रत्यक्ष कारणबाट बीमितको १८३ दिनभित्र मृत्यु भएमा बीमालेखमा उल्लेख भए अनुसार दुर्घटना लाभ रकम बराबर थप “दुर्घटनाबाट मृत्यु भएमा दिइने सुविधा” भुक्तानी दिइनेछ । यो योजनामा दुर्घटना मृत्यु लाभको अधिकतम बीमाङ्क परिपक्वता मुल्य भन्दा बढी हुने छैन र त्यस्तो सुबिधा अधिकतम रु. ५० लाख सम्ममात्र लिन सकिनेछ ।

उदाहरणको लागी दुर्घटना मत्यु लाभको सुबिधा लिएर  रु. १ करोड परिपक्वता मुल्य कायम गरि बीमा गरेको बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा नीजले ईच्छाएको ब्यक्तिले रु १ करोड र यदि दुर्घटनाको कारणले मृत्यु भएमा थप दुर्घटना मत्यु लाभ बापतको थप रकम अधितम पचास लाख सम्म भुक्तानी पाउनेछ ।

यस योजनाका फाईदाहरु :

१. सानो सानो बचतबाट करोडपति बन्न सकिने ।

२. न्यूनतम रु. ५०,००,०००/– देखी माथी आय श्रोतको आधारमा जतिपनि परिपक्वता मुल्य छनौट गरी बीमा गर्न सकिने ।

३. बीमा अवधीमा कथंकदाचीत बीमितको मृत्यु भएमा अथवा बीमा अवधी समाप्तीमा बीमित जीवित रहेको खण्डमा बीमालेखमा उल्लेखित परिपक्वता मुल्य पाउने ग्यारेण्टी भएको ।

४. बीमा अवधीमा कथंकदाचीत बीमितको मृत्यु भएमा बीमितले छनौट गरेको परिपक्वता मुल्य बीमितले इच्छाएको ब्यक्तिलाई प्रदान गरिने ।

५. बीमितलाई आवश्यक परेको खण्डमा दुई बर्ष बीमाशुल्क र दुई बर्ष अवधी भुक्तान भएपछि समर्पण मुल्यको बढीमा ९० प्रतिशत सम्म कर्जा लिन सकिने ।

६. ऐच्छिक सुबिधा अन्तर्गत दुर्घटना मृत्यु लाभ थप गरी लिन सकिने ।

७. कर लाभको सुबिधा रहेको ।